जर्मन गोलकिपर म्यानुएलः जो डिफेन्डर भएर खेल्छन्
जर्मन गोलकिपर म्यानुएलः जो डिफेन्डर भएर खेल्छन्

जर्मनीका कप्तान तथा गोलकिपर म्यानुएल नेउरलाई सुनौलो अवसर छ, आफ्नै कप्तानीमा जर्मनीलाई विश्वकपको उपधि जिताउने । सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा मुख्य खेलाडी रहेको म्यानुएलको यो चौथो विश्वकप हो ।

२०१० देखि नै जर्मनीको राष्ट्रिय टिमबाट गोलकिपरमा एक क्षेत्र राज गरेका म्यानुएल मैदानमा डिफेन्डरको रूपमा पनि देखा पर्छन् । निकै अघि बढेर खेल्ने म्यानुएल उत्कृष्ट गोलकिपर हुन् ।

सन् २०१० मा जर्मनी सेमिफाइनलसम्म पुग्यो । सेमिफाइनलमा स्पेनसँग १–० ले हारेको थियो । २०१० को विश्वकपमा म्यानुएल मुख्य खेलाडी थिए । २०१४ मा जर्मनीले चौथोपटक विश्वकप जित्दा म्यानुएलको मुख्य भूमिका थियो । तर, उनकै कप्तानीमा सन् २०१८ को विश्वकपमा भने जर्मनी समूहचरणबाटै बाहिरियो ।

manuel neur1669179927.jpg

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा