फाइनलमा ह्याट्रिक गोल गरेका एमबाप्पेले जिते गोल्डेन बुट
फाइनलमा ह्याट्रिक गोल गरेका एमबाप्पेले जिते गोल्डेन बुट

फ्रान्सका फरवार्ड तथा फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गोल गरेका केलियन एमबाप्पेले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका छन् ।

एमबाप्पले प्रतियोगितामा आठ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाविरुद्ध फाइनलमा नाटकीय प्रदर्शन गर्दै ह्याट्रिक गोल गरे । उनले खेलको ८०औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यसको एक मिनेटपछि गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए ।

खेलको ११८औँ मिनेटमा पेनाल्टीबाट गोल गरेसँगै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाएका थिए । तर फ्रान्स पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित हुन पुग्यो ।

यसअघि एमबाप्पले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । त्यसपछि डेनमार्कविरुद्ध उनले दुई गोल गरेका थिए । पोल्यान्डविरुद्ध प्रिक्वार्टरफाइनलमा एपबाप्पेले दुई गोल गरेका थिए ।

 

प्रकाशित मिति:सोमबार, पुस ४, २०७९  ०१:०९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा