ह्यारी केन जो दोस्रोपटक बन्न सक्छन् गोल्डेन बुट विजेता
ह्यारी केन जो दोस्रोपटक बन्न सक्छन् गोल्डेन बुट विजेता

ह्यारी केनको कप्तानीमा इंग्ल्यान्डले विश्वकप फुटबल खेल्दैछ । कप्तान केन लयमा छन् । सन् २०१८ को विश्वकपमा गोल्डेन बुट जितेका उनी यो विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र इरानबीचको खेल खालिफा अन्तर्राष्ट्रिय रंगशालामा साँझ ६ः४५ मा सुरु हुनेछ । दुवै टिम पहिलो खेलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउन चाहन्छन् । सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डले आफूलाई कतार विश्वकपको उपाधि दाबेदारको रूपमा मानेको छ । त्यही कारण इंग्ल्यान्ड इरानलाई पराजित गर्ने लक्ष्यमा छ ।

 

प्रकाशित मिति:सोमबार, मंसिर ५, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा