मेस्सीले अर्जेन्टिनालाई जिताऊलान् विश्वकप ?

स्टार खेलाडी खेलाडी लियोनल मेस्सीका लागि कतार विश्वकप अन्तिम हो । उनले नै यसअघि नै भनिसकेका छन् ।
अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएर विश्राम लिने उनको दृढ संकल्प छ । यही संकल्पसहित अर्जेन्टिना विश्वकप फुटबल खेल्न कतार पुगेको छ । कप्तान मेस्सीले अर्जेन्टिनालाई विश्वकप दिलाओस् भन्दै कामना गर्ने धेरै छन् । यो पटक धेरै विश्लेषक र साइटले विश्वकपको उपाधि अर्जेन्टिनाले जित्छ भन्दै भविष्यवाणी पनि गरिरहेका छन् ।
पाँचौँपटक विश्वकप खेल्न लागेका मेस्सी विश्वकप खेल्ने सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले विश्वकपमा १९ खेल खेलेका छन् जसमा ६ गोल गरेका छन् ।
प्रकाशित मिति:शनिबार, मंसिर ३, २०७९ १६:१९
प्रतिक्रिया दिनुहोस्
अंक तालिका