पाँचौँ पटक विश्वकप खेल्दै रोनाल्डो
पाँचौँ पटक विश्वकप खेल्दै रोनाल्डो

विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि फिफा विश्वकप २०२२ अन्तिम हुनेछ । विश्वकपको दाबेदार मानिएको पोर्चुगलका कप्तान हुन् रोनाल्डो ।

सन १९८५ फेब्रुअरी ५ तारिखमा पोर्चुगलको फुन्चलमा जन्मिएका रोनाल्डो ३७ वर्षका भए । सन् २००३ बाट राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले देशका लागि सिनियर टिमबाट ११७ गोल गरिसकेका छन् ।

सन् २००६, २०१०, २०१४ र २०१८ गरी चार पटक विश्वकप खेलिसकेका छन् । यो उनको पाँचौँ विश्वकप हो । रोनाल्डोले चार विश्वकपबाट अहिलेसम्म सात गोल गरेका छन् । पाँचौँ विश्वकपमा पनि उनले गोल गरे, लगातार पाँचौँ विश्वकपसम्म गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने छन् ।

प्रकाशित मिति:शुक्रबार, मंसिर २, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा