
रोबर्ट लेवान्डोस्कीको कप्तानीमा पोल्यान्डले मंसिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप फुटबल खेल्दैछ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका लेवान्डोस्कीमाथि पोल्यान्डको ठूलो भरोसा छ ।
समूह ‘सी’ मा उपाधिको दाबेदार रहेको अर्जेन्टिनासँगै पोल्यान्ड, साउदी अरब र मेक्सिको छन् । पोल्यान्डले अर्जेन्टिनासँग हारे पनि मेक्सिको र साउदी अरबलाई हराए विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सक्छ । पोल्यान्डको यही रणनीति छ । विश्व जगतमा स्टार खेलाडी लेवान्डोस्की निकै दबाबमा पनि छन् । यसअघि २०१८ को विश्वकप फुटबलमा पनि पोल्यान्डले लेवान्डोस्कीकै कप्तानीमा खेलेको थियो । तर, समूह चरणबाटै बाहिरिएको पोल्यान्डले जापानलाई मात्रै पराजित गरेको थियो ।
सफल खेलाडी हुँदाहुँदै रोबर्ट लेवान्डोस्की आफ्नो देशको राष्ट्रिय टिमबाट भने राम्रो खेल्न सकिरहेका छैनन् । लेवान्डोस्कीको यो अन्तिम विश्वकप हो । त्यस कारण पनि उनी जसरी भए पनि राम्रो खेल्दै स्मरणीय बनाउने लक्ष्यमा छन् ।
नामः रोबर्ट लेवान्डोस्की, कप्तान (पोल्यान्ड)
वर्षः ३४
पोजिसनः फरवार्ड
खेलेको खेलः १३४
गोलः ७६
डेब्युः २००८
विश्वकपः १
विश्वकपमा गोलः ०
क्लबः बार्सिलोना (स्पेन)