पहिलो हाफसम्म फ्रान्सविरुद्ध अर्जेन्टिना २–० ले अघि
पहिलो हाफसम्म फ्रान्सविरुद्ध अर्जेन्टिना २–० ले अघि

तारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफसम्म दोब्बर अग्रता बनाएको छ । अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको हो ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरेका छन् । खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । कतारको लुजेल रंगशालामा खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका हुन् । पहिलो हाफको बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि पहिलो हाफसम्म अर्जेन्टिना २–० गोलले अघि छ ।

प्रकाशित मिति:आइतबार, पुस ३, २०७९  २१:४९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा