निर्धारित ९० मिनेटसम्म अर्जेन्टिना र फ्रान्स २–२ को बराबरीमा
निर्धारित ९० मिनेटसम्म अर्जेन्टिना र फ्रान्स २–२ को बराबरीमा

कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्सले निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी खेलेका छन् ।

फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेलको ८०औँ र ८१औँ मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेका हुन् । दुई गोलको अग्रता बनाएको अर्जेनिटनाले जोगाउन नसक्दा फ्रान्ससँग बराबरी खेलेको हो ।  ३० मिनेटको समय थप गरिएको छ । ३० मिनेटसम्म पनि खेलको टुंगो लाग्न नसके खेल पेनाल्टीबाट छिनोफानो हुनेछ ।

खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा पुर्याए । त्यसको एक मिनेटपछि अर्थात खेलको ८१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ को बराबरी दिलाएका हुन् ।

यसअघि अर्जेन्टिनाले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरे । खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । कतारको लुजेल रंगशालामा खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।

प्रकाशित मिति:आइतबार, पुस ३, २०७९  २२:५३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा