एन्टोनी ग्रिजम्यान: फ्रान्सका अनुभवी स्ट्राइकर
एन्टोनी ग्रिजम्यान: फ्रान्सका अनुभवी स्ट्राइकर

एन्टोनी ग्रिजम्यान फ्रान्सका अनुभवी स्ट्राइकर हुन् । ग्रिजम्यान जुनसुकै बेला पनि विपक्षीविरुद्ध खतरनाक सावित हुन सक्छन् । तर, कतारमा जारी विश्वकपमा भने ग्रिजम्यानले गोल गर्न सकेका छैनन् ।

समूह चरणको अन्तिम खेलमा ट्युनिसियाविरुद्ध उनले गरेको गोललाई भारले मान्यता दिएन ।  आफ्नो करिअरमा तेस्रो विश्वकप खेलिरहेका ३१ वर्षीय ग्रिजम्यान फ्रान्सका उत्कृष्ट खेलाडी हुन् । उनले स्पेनको एथ्लेटिको मड्रिड क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

प्रकाशित मिति:आइतबार, मंसिर १८, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा