
जर्मनीका थोमस मुलर त्यस्तो फुटबलर हुन् जसले आफ्नो टिमलाई जित दिलाउन जुन सुकै समयमा पनि विपक्षीको टिम पोष्टमा गोल गर्न सक्ने क्षमता राख्छन् ।
मुलरले अहिलेसम्म तीन ओटा विश्वकप फुटबल खेलिसकेका छन् । २०१८ मा रसियामा भएको विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिदा मुलर पनि टिममा थिए । तर उनको मात्रै होइन जर्मनीले नै विश्वकप फुटबलको इतिहासमा सबैभन्दा खराब खेलेको विश्वकप नै त्यहि थियो ।
मुलरको फुटबल करिअरमा सबैभन्दा सफल र अविस्मरणीय क्षण भनेकै २०१४ को विश्वकप हो । जर्मनीले २०१४ मा विश्वकप जित्दा मुलरको भूमिका मुख्य थियो । उनले जर्मनीका लागि त्यो विश्वकपमा पाँच गोल गरे । ३३ वर्षीय मुलरले व्यक्तिगततर्फ सबैभन्दा उपलब्धि पाएको भनेको २०१० को विश्वकप पनि हो । यो विश्वकपमा मुलरले गोल्डेन बुटसँगै सर्वोउत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जितेका थिए ।
२०१० मा को विश्वकपमा पनि पाँच गोल गरेका मुलर कतार विश्वकपका लागि टिममा परेका छन् । उनले विश्वकपमा १० गोल गरिसकेका छन् ।