विश्वकप फाइनलः अर्जेन्टिना र फ्रान्सको खेल सुरू
विश्वकप फाइनलः अर्जेन्टिना र फ्रान्सको खेल सुरू

कतारमा जारी विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीचको खेल सुरु भएको छ । कतारको लुजेल रंगशालामा उपाधि जित्ने लक्ष्यसहित अर्जेन्टिना र फ्रान्स मैदानमा उत्रिएका छन् ।

दुवै टिम विश्वकप फुटबलमा तेस्रो उपाधि जित्ने लक्ष्यमा छन् । सन् १९७८ मा विश्वकप जितेको अर्जेन्टिनाले १९८६ मा दोस्रो पटक विश्वकप जितेको थियो । ३६ वर्षपछि अर्जेन्टिना विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता, फ्रान्सले १९९८ र २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको थियो । फ्रान्स लगातार दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ ।

अर्जेन्टिनाले विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । यता, फ्रान्स भने मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति:आइतबार, पुस ३, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा