मोरोक्कोलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा तेस्रो
मोरोक्कोलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा तेस्रो

क्रोएसियाले मोरोक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको तेस्रो बनेको छ । शनिबार राति भएको खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो ।

खालिफा रंगशालामा भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २–१ गोलले पराजित गर्दै तेस्रो बन्यो । क्रोएसियाको जितमा जोस्को भार्डिओल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरोक्कोका लागि अच्राफ डारीले गोल फर्काएका थिए ।

खेलको सातौँ मिनेटमा नै क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाका लागि जोस्को भार्डिओलले गोल गर्दै १–० गोलको अग्रता दिलाए । तर क्रोएसियाले बनाएको अग्रता दुई मिनेट बित्न नपाउँदै मोरोक्कोले गोल फर्काएको थियो । 

खेलको नवौँ मिनेटमा मोरोक्कोका लागि अच्राफ डारीले गोल गर्दै १–१ गोलको बराबरी दिलाए । खेलको ४२औँ मिनेटमा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता बनाएको क्रोएसियाले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई जोगाउँदै जित निकालेको हो । 

यसअघि मोरोक्को सेमिफाइनलमा फ्रान्ससँग २–० गोलले पराजित भएको थियो । यता, क्रोएसिया भने अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।

प्रकाशित मिति:शनिबार, पुस २, २०७९  २२:४७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा