पहिलो हाफसम्म मोरोक्कोविरुद्ध क्रोएसिया २–१ गोलले अघि

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि जारी खेलमा क्रोएसियाले मोरोक्कोविरुद्ध पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको छ ।
खालिफा रंगशालामा सुरु भएको खेलमा सातौँ मिनेटमा नै क्रोएसियाले गोल गर्दै मोरोक्कोविरुद्ध अग्रता बनाएको थियो । क्रोएसियाका लागि जोस्को भार्डिओलले गोल गर्दै क्रोएसियालाई १–० गोलको अग्रता दिलाए । तर क्रोएसियाले बनाएको अग्रता दुई मिनेट वित्न नपाउँदै मोरोक्कोले गोल फर्काएको थियो ।
खेलको नवौँ मिनेटमा मोरोक्कोका लागि अच्राफ डारीले गोल गर्दै १–१ गोलको बराबरी दिलाए । खेलको ४२औँ मिनेटमा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाएका छन् ।
मोरोक्को सेमिफाइनलमा फ्रान्ससँग २–० गोलले पराजित भएको थियो । यता, क्रोएसिया भने अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।
प्रकाशित मिति:शनिबार, पुस २, २०७९ २१:३०
प्रतिक्रिया दिनुहोस्
अंक तालिका