क्रोएसियाविरुद्ध मोरोक्कोले खाएको दुई मिनेटमै फर्कायो गोल
क्रोएसियाविरुद्ध मोरोक्कोले खाएको दुई मिनेटमै फर्कायो गोल

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि जारी खेलमा क्रोएसियाविरुद्ध मोरोक्कोले गोल खाएको दुई मिनेटमै गोल फर्काएको छ ।

खालिफा रंगशालामा सुरु भएको खेलमा सातौँ मिनेटमा नै क्रोएसियाले गोल गर्दै मोरोक्कोविरुद्ध अग्रता बनाएको थियो । क्रोएसियाका लागि जोस्को भार्डिओलले गोल गर्दै क्रोएसियालाई १–० गोलको अग्रता दिलाए । तर क्रोएसियाले बनाएको अग्रता दुई मिनेट वित्न नपाउँदै मोरोक्कोले गोल फर्काएको छ । 

खेलको नवौँ मिनेटमा मोरोक्कोका लागि अच्राफ डारीले गोल गर्दै १–१ गोलको बराबरी दिलाएका छन् ।

मोरोक्को सेमिफाइनलमा फ्रान्ससँग २–० गोलले पराजित भएको थियो । यता, क्रोएसिया भने अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।

morocco1671290190.jpg

प्रकाशित मिति:शनिबार, पुस २, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा