एमबाप्पेले हाकिमीको जर्सी लगाएर मैदान मै खुसियाली मनाएपछि

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेसँगै मैदान मै एउटा रमाइलो दृश्य देखियो । फ्रान्सका केलियन एमबाप्पेले मोरोक्कोका अच्रफ हाकिमीको जर्सी लगाउँदै विजयी खुसियाली मनाएका छन् ।
कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोलाई २–० गोलले हराउँदै फाइनलामा स्थान बनायो । जितपछि एमबाप्पेले हाकिमीसँग जर्सी साटेर लगाए । उनले हाकिमीको जर्सी लगाएर खुसियाली मनाए । तर विश्वकपको उपाधि दौडबाट बाहिरिएको मोरोक्कोका हाकिमी भने एमबाप्पेको जर्सी लगाउँदै मैदानबाट बाहिरिए ।
हाकिमी र एमबाप्पेले व्यवसायिक फुटबल भने एउटै क्लबबाट खेल्छन् । त्यही भएर एमबाप्पे र हाकिमीबीच राम्रो सम्बन्ध छ । एमबाप्पे र हाकिमी पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।
प्रकाशित मिति:बिहीबार, मंसिर २९, २०७९ ०३:२६
प्रतिक्रिया दिनुहोस्
अंक तालिका