अर्जेन्टिनाको तीन गोल अफसाइड
अर्जेन्टिनाको तीन गोल अफसाइड

अर्जेन्टिनाले कतारमा जारी विश्वकप फुटबलमा साउदी अरबविरुद्ध आक्रामक खेलेको छ । अहिलेसम्म १–० गोलले अर्जेन्टिना अघि छ । तर, आक्रामक खेलेको अर्जेन्टिनाको तीन गोल अफसाइड भएको छ ।

खेलको २२औँ मिनेटमा मेस्सीले गोल गर्दै खुसियाली मनाए । तर, अफसाइड भएसँगै त्यो गोलले मान्यता पाएन । खेलको २९औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरे । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले यो गोललाई पनि मान्यता दिएन । मार्टिनेजले अफसाइड गोल गरेका थिए ।

खेलको ३५औँ मिनेटमा मार्टिनेजले नै गोल गरे । तर, यो गोल पनि अफसाइड भयो । योसँगै अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको छ । 

यसअघि खेलको १०औँ मिनेटमा नै अर्जेन्टिनाले गोल गर्दै अग्रता बनाएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो । डिबक्सभित्र अर्जेन्टिनाका खेलाडीलाई साउदी अरबका खेलाडीले लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

प्रकाशित मिति:मंगलबार, मंसिर ६, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा