मोरोक्कोविरुद्ध फ्रान्सलाई अग्रता
मोरोक्कोविरुद्ध फ्रान्सलाई अग्रता

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा विश्व विजेता फ्रान्सले मोरोक्कोविरुद्ध अग्रता बनाएको छ ।

कतारको अल बेत रंगशालामा फ्रान्सले खेलको सुरुमै अग्रता बनाएको हो । मोरोक्कोविरुद्ध फ्रान्सका थेओ हेर्नान्डेजले गोल गरेका छन् । हेर्नान्डेजले खेलको पाँचौँ मिनेटमा गरेको गोलसँगै मोरोक्कोविरुद्ध फ्रानसले १–० गोलको अग्रता बनाएको छ ।

सन् १९९८ र २०१८ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स मोरोक्कोलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ ।

प्रकाशित मिति:बिहीबार, मंसिर २९, २०७९  ००:५४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा