गोल्डेन बुट दौडमा मेस्सी, एमबाप्पे, जिरुडसँगै अल्भारेज

कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटका दाबेदारमा चार खेलाडी छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँगै जुलियन अल्भारेज र फ्रान्सका केलियन एमबाप्पेसँगै ओलिभियर जिरुड गोल्डेन बुटका दौडमा छन् ।
सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गरेसँगै अर्जेन्टिना फाइनलमा प्रवेश गर्यो । फाइनलमा अर्जेन्टिनालाई युर्याउन नायक बने कप्तान मेस्सी र अल्भारेज । क्रोएसियाविरुद्ध पेनाल्टीमा गोल गरेसँगै मेस्सीले जारी विश्वकपमा पाँच गोल पूरा गरे । कतार विश्वकपमा अल्भारेजले पनि चार गोल गरेका छन् । उनले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए ।
गोल्डेन बुटको मुख्य दाबेदारको रुपमा रहेका एमबाप्पेले पाँच गोल गरिसकेका छन् । त्यस्तै, ओलिभियर जिरुडले पनि चार गोल गरेका छन् ।
प्रकाशित मिति:बुधबार, मंसिर २८, २०७९ १६:४८
प्रतिक्रिया दिनुहोस्
अंक तालिका