क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई ३–० गोलको अग्रता
क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई ३–० गोलको अग्रता

विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध ३–० गोलको अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले दुई गोल गोल गर्दा  कप्तान लियोनल मेस्सीले एक गोल गरेका छन् ।

कतारको लुजेल रंगशालामा जारी खेलमा अर्जेन्टिनाले ३–० गोलको अग्रता बनाएको छ । खेलको ३२औँ मिनेटमा जुलियन अल्भारेजलाई क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले डिबक्सभित्र फोउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाए ।

खेलको ३४औँ मिनेटमा पेनाल्टीबाट गोल खाएको क्रोएसिया दबाबमा आएको थियो । खेलको ३९औँ मिनेटमा अल्भारेजले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गरेको छ । खेलको ६९औँ मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० गोालको अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति:बुधबार, मंसिर २८, २०७९  ०२:२१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा