सेमिफाइनलअघि रंगशाला बाहिर अर्जेन्टिनी समर्थकले म्याराडोनालाई दिए श्रद्धाञ्जली
सेमिफाइनलअघि रंगशाला बाहिर अर्जेन्टिनी समर्थकले म्याराडोनालाई दिए श्रद्धाञ्जली

विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा केही बेरपछि अर्जेन्टिनाले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । उपाधि दौडमा रहेको अर्जेन्टिनाले क्रोएसियासँग खेल्नुअघि अर्जेन्टिनी समर्थकले भने रंगशाला बाहिर डिएगो म्याराडोनालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रंगशाला प्रवेश गर्नुअघि अर्जेन्टिनाका समर्थकले म्याराडोनालाई मैनबत्ति बालेर श्रद्धा सुमन अर्पण गर्दै सम्झिए । म्याराडोना उनै विश्वचर्चित अर्जेन्टिनाका स्वर्गीय खेलाडी हुन् जसले आफ्नै कप्तानीमा सन् १९८६ को विश्वकप फुटबलको उपाधि दिलाए ।

सन् १९६० मा जन्मिएका म्याराडोनाको निधन दुई वर्षअघि २०२० को नोभेम्बरमा भएको थियो । उनी आफ्नो देशले विश्वकप फुटबलको उपाधि जितेको हेर्न चाहन्थे । २०१४ मा अर्जेन्टिना फाइनलमा पुग्दा विश्वकप फुटबलको उपाधि जित्नेमा उनी आशावादी थिए । तर जर्मनीसँग १–० ले हारेसँगै उनको सपना तुहिएको थियो ।

विश्वकप फुटबलको उपाधि जित्दै म्याराडोनाको सपना साकार पार्ने लक्ष्यमा अर्जेन्टिनाका खेलाडीहरु छन् । कप्तान लियोनल मेस्सी पनि आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाएर अन्तर्राष्ट्रिय खेलजीवनबाट विदा हुने संकल्पमा छन् ।

maradona1670949682.jpg

प्रकाशित मिति:मंगलबार, मंसिर २७, २०७९  २२:२४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा