गोल्डेन बुट दौडमा एम्बाप्पे, मेस्सी र जिरुड मात्रै
गोल्डेन बुट दौडमा एम्बाप्पे, मेस्सी र जिरुड मात्रै

कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा आइपुग्दा गोल्डेन बुटको दाबेदारमा तीन खेलाडी मात्रै देखिएका छन् । फ्रान्सका केलियन एमबाप्पे र ओलिभियर जिरुड तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी छन् ।

विश्वकपबाट टिम बारिएसँगै अल्भारो मोरटा, बुकायो साका, कोडी गाक्पो, मार्कस राष्फोर्ड, गोन्सालो रामोस र रिचार्लिसन गोल्डेन बुटको दौडबाट बाहिरिसकेका छन् । यी सबैले समान ३–३ गोल गरेका थिए ।

गोल्डेन बुटको दौडमा रहेका एम्बाप्पेले पाँच गोल गरिसकेका छन् । उनले समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक  र डेनमार्कविरुद्ध दुई गोल गरेका थिए । प्रिक्वार्टरफाइनलमा पोल्यान्डविरुद्ध दुई गोल गरेका एमबाप्पेले जारी विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको मुख्य दाबेदार बनेका हुन् ।

समूह चरणको पहिलो खेलमा साउदी अरबविरुद्ध एक गोल गरेका कप्तान मेस्सीले मेक्सीकोविरुद्ध एक गोल गरे । प्रिक्वार्टरफाइनलमा अस्ट्रेलियाविरुद्ध एक गोल गरेका उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध एक गोल गर्दै जारी विश्वकपमा चार गोल गरेका छन् ।

समूह चरणमा अस्ट्रेलियाविरुद्ध दुई गोल गरेका ओलिभियर जिरुडले प्रिक्वार्टरफाइनलमा पोल्यान्डविरुद्ध एक गोल गरे । क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध एक गोल गर्दै उनले जारी विश्वकपमा गोल संख्या चार पुर्याएका हुन् ।

golden boot1670743858.jpg

प्रकाशित मिति:आइतबार, मंसिर २५, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा