फ्रान्सविरुद्ध इंग्ल्यान्डले गोल फर्कायो, खेल १–१ गोलको बराबरीमा
फ्रान्सविरुद्ध इंग्ल्यान्डले गोल फर्कायो, खेल १–१ गोलको बराबरीमा

कतारमा जारी विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध गोल फर्काएको छ ।

२०१८ को विश्वकप विजेता फ्रान्सले इंग्ल्यान्डविरुद्ध सुरुआतमै गोल गर्दै अग्रता बनाएको थियो । कतारको अल बेत रंगशालामा जारी खेलको १७औँ मिनेटमा फ्रान्सले गोल गरेको थियो । औरेलिन चौमेनीले गोल गर्दै फ्रान्सलाई पहिलो हाफसम्म १–० को अग्रता दिलाएका थिए ।

खेलको ५४औँ मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरी दिलाएका हुन् । उनले पेनाल्टीबाट गोल गरेका छन् ।

प्रकाशित मिति:आइतबार, मंसिर २५, २०७९  ०२:०५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा