निर्धारित ९० मिनेटसम्म अर्जेन्टिना र नेदरल्यान्ड्स २–२ गोलको बराबरीमा
निर्धारित ९० मिनेटसम्म अर्जेन्टिना र नेदरल्यान्ड्स २–२ गोलको बराबरीमा

अर्जेन्टिना र नेदरल्यान्ड्सले विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेटसम्म बराबरी खेलेका छन् । अर्जेन्टिनाले दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरी खेलेको हो ।

कतारको लुजेल रंगशालामा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल ३० मिनेटको अतिरिक्त समय थप गरिएको छ । यो ३० मिनेट समयभित्र पनि गोल हुन नसके खेल पेनाल्टी सुटआउटबाट टुंगो लाग्नेछ ।

नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिनाका लागि नेहुएल मोलिना र कप्तान लियोनल मेस्सीले गोल गरे । नेदरल्यान्ड्सका लागि दुवै गोल वोउट वेगहस्र्टले गरे ।

खेलको ३५औँ मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कप्तान लियोनल मेस्सीको एसिस्टमा गोल गर्दै उनले अर्जेन्टिनालाई पहिलो हाफसम्म १–० को अग्रता दिलाए ।

खेलको ७१औँ मिनेटमा अर्जेन्टिनाका मार्कोस अकुनालाई फोउल गरेपनि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै कप्तान मेस्सीले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको ८३औँ मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेल २–१ गोलको स्थितिमा ल्यायो । नेदरल्यान्ड्सका लागि वोउट वेगहस्र्टले गोल गरे । खेलको केही सेकेन्ड बाँकी छँदा नेदरल्यान्ड्सले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएको हो ।

प्रकाशित मिति:शनिबार, मंसिर २४, २०७९  ०२:५४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा