नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिना १–० गोलले अघि

विश्वकप फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध अग्रता बनाएको छ ।
कतारको लुजेल रंगशालामा जारी खेलमा अर्जेन्टिनाले गोल गर्दै १–० को अग्रता बनाएको हो । नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिनाका लागि नेहुएल मोलिनाले गोल गरेका छन् ।
खेलको ३५औँ मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका छन् । उनले कप्तान लियोनल मेस्सीको एसिस्टमा गोल गरेका हुन् ।
प्रकाशित मिति:शनिबार, मंसिर २४, २०७९ ०१:३४
प्रतिक्रिया दिनुहोस्
अंक तालिका