नेयमारले गरे पेलेको रेकर्ड बराबर, ब्राजिल १–० ले अघि
नेयमारले गरे पेलेको रेकर्ड बराबर, ब्राजिल १–० ले अघि

विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसियाविरुद्ध ब्राजिलले गोल गरेको छ ।

कतारको एजुकेशन रंगशालामा क्रोएसियाविरुद्ध ब्राजिलले थप गरिएको ३० मिनेटको पहिलो हाफको पहिलो मिनेटमा गोल गर्दै १–० गोलको अग्रता बनाएको हो । ब्राजिलको अग्रतामा नेयमारले गोल गरे । उनले यो गोलसँगै फुटबलका जादुगर भनेर चिनिने पेलेको रेकर्ड बराबरी बनाएका छन् ।

ब्राजिलबाट सर्वाधिक गोल गर्ने खेलाडी पेलेको ७७ गोलको रेकर्ड नेयमारले बराबरी बनाएका हुन् । क्रोएसिया र ब्राजिलले निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको छ । ३० मिनेट थप गरिएको समयको पहिलो हाफमा ब्राजिलले गोल गर्दै अग्रता बनाएको हो ।

यसअघि पहिलो हाफमा बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । खेलको अन्तिम समयमा एकपछि अर्को गोल गर्ने अवसर पाएको ब्राजिलले गोल गर्न सकेन ।

प्रकाशित मिति:शुक्रबार, मंसिर २३, २०७९  २३:०३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा