ब्राजिल र क्रोएसिया पहिलो हाफ गोलरहित बराबरीमा
ब्राजिल र क्रोएसिया पहिलो हाफ गोलरहित बराबरीमा

विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनलमा खेलमा ब्राजिल र क्रोएसियाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् ।

कतारको एजुकेशन रंगशालामा क्रोएसियाले बलियो टिम ब्राजिललाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यता, २०१८ को विश्वकप उपविजेता क्रोएसिया भने ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने दाउमा छ ।

ब्राजिल समूह ‘जी’ को विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । प्रिक्वार्टरफानलमा दक्षिण कोरियालाई ब्राजिलले ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

पेनाल्टी सुटआउटमा एसियाली राष्ट्र जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको टिम हो ।

प्रकाशित मिति:शुक्रबार, मंसिर २३, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा