यस्तो बन्यो विश्वकपको क्वार्टरफाइनल समीकरण
यस्तो बन्यो विश्वकपको क्वार्टरफाइनल समीकरण

कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

क्वार्टरफाइनल खेल मंसिर २३ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिलले क्रोएसियासँग कतारको एजुकेसन सिटी रंगशालामा राति ८ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । राति १२ः४५ बजे अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को क्वार्टरफाइनल खेलमा पोर्चुगलले मोरोक्कोसँग २४ गते शनिबार राति ८ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । त्यही रातको १२ः४५ बजे फ्रान्सले इंग्ल्यान्डको सामना गर्नेछ ।

प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । यता, अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले पराजित गर्दा फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले सेनेगललाई ३–० गोलले हराउँदै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो ।

क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । यता, ब्राजिलले भने दक्षिण कोरियालाई ४–१ ले हराउँदै क्रोएसियासँग भेट पक्का गरेको हो ।

२०१० को विश्वकप विजेता स्पेनलाई मोराेक्कोले पेनाल्टी सुटआउटमा ३–० ले स्तब्ध बनाउँदा प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

world cup1670401857.png

प्रकाशित मिति:बुधबार, मंसिर २१, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा