स्वीट्जरल्यान्डविरुद्ध पोर्चुगल पहिलो हाफसम्म २–० ले अघि

विश्वकप फुटबलको अन्तिम प्रिक्वार्टरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध पोर्चुगलले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको छ ।
कतारको लुजेल रंगशालामा पहिलो हाफसम्म पोर्चुगलले दुई गोल गर्दै अग्रता बनाएको हो । पोर्चुगलको अग्रतामा गोन्कालो रामोस र पेपेले गोल गरे ।
खेलको १७औँ मिनेटमा नै रामोसले गोल गर्दै पोर्चुगललाई १–० गोलको अग्रता दिलाए । उनले जोआओ फेलिक्सको पासमा सुन्दर गोल गरेका हुन् । खेलको ३३औँ मिनेटमा पेपेले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै पोर्चुगललाई २–० गोलको अग्रता दिलाए ।
प्रकाशित मिति:बुधबार, मंसिर २१, २०७९ ०१:३५
प्रतिक्रिया दिनुहोस्
अंक तालिका