निर्धारित ९० मिनेटसम्म मोरोक्को र स्पेन गोलरहित बराबरीमा
निर्धारित ९० मिनेटसम्म मोरोक्को र स्पेन गोलरहित बराबरीमा

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा स्पेन र मोरोक्कोले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका छन् ।

कतारको एजुकेशन सिटी रंगशालामा खेलको ९० मिनेटसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । अब ३० मिनेटको समय थप गरिनेछ । ३० मिनेटभित्र पनि खेलको छिनोफानो नभए खेल पेनाल्टी सुटआउटबाट टुंगो लाग्नेछ ।

दुवै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । स्पेनले खेलको अन्तिम समयमा एकपछि अर्को गोल गर्ने अवसर पाएको थियो । तर गोल गर्न सकेन ।

प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९  २२:३८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा