पोर्चुगललाई रोनाल्डोको भरः स्वीट्जरल्यान्डलाई डर
पोर्चुगललाई रोनाल्डोको भरः स्वीट्जरल्यान्डलाई डर

विश्वकप फुटबलको अन्तिम प्रिक्वार्टरफाइनलमा आज राति पोर्चुगलले स्वीट्जरल्यान्डको सामना गर्दैछ । विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।

स्वीट्जरल्यान्ड र पोर्चुगलबीचको खेल कतारको लुजेल रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरू हुनेछ । स्वीट्जरल्यान्डलाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने लक्ष्य बनाएको पोर्चुगल बलियो टिम हो । समूह ‘एच’ को विजेता बनेको पोर्चुगलले तीन खेलबाट ६ अंक बनाएको थियो । पहिलो खेलमा घानालाई ३–२ गोलले हराएको पोर्चुगलले दोस्रो खेलमा उरुग्वेलाई २–० ले पराजित गर्दै एक खेलअघि नै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । तर समूह चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग २–१ गोलले स्तब्ध बनेको थियो ।

यता, स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता राष्ट्र हो । तीन खेलबाट दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै स्वीट्जरल्यान्डले ६ अंक बनाएको थियो । पोर्चुगललाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको अन्तिम आठमा पुग्ने लक्ष्यमा छ । 

port1670308046.jpg

प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा