दक्षिण कोरियाविरुद्ध ब्राजिलले गर्‍यो गोलको वर्षा
दक्षिण कोरियाविरुद्ध ब्राजिलले गर्‍यो गोलको वर्षा

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा दक्षिण कोरियाविरुद्ध ब्राजिलले गोलको वर्षा नै गरेको छ ।

कतारको स्टेडियम ९७४ मा पहिलो हाफसम्म ब्राजिलले दक्षिण कोरियाविरुद्ध ४–० गोलको अग्रता बनाएको छ । ब्राजिललाई फराकिलो अग्रता दिलाउन भिनिसियस, नेयमार, रिचार्लिसन र लुकास पकेइटाले गोल गरेका छन् ।

खेलको सातौँ मिनेटमा नै भिनिसियसले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । खेलको १३औँ मिनेटमा नै ब्राजिलले पेनाल्टी पायो । पेनाल्टीबाट नेयमारले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए ।

खेलको २९औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । एकपछि अर्को गोल गरेको ब्राजिलविरुद्ध दक्षिण कोरियाले राम्रो खेल्न सकेन । सुरुमै दबाबमा आएको दक्षिण कोरियाले खेलको ३६औँ मिनेटमा अर्को गोल खान पुग्यो । लुकासले गोल गर्दै ब्राजिललाई पहिलो हाफसम्म ४–० को फराकिलो अग्रता दिलाए ।

प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९  ०१:४०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा