निर्धारित समयसम्म जापान र क्रोएसिया १–१ गोलको बराबरीमा
निर्धारित समयसम्म जापान र क्रोएसिया १–१ गोलको बराबरीमा

कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा क्रोएसिया र जापानले निर्धारित ९० मिनेटको समयसम्म बराबरी खेलेका छन् ।

कतारको अल जानौब रंगशालामा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् । अब ३० मिनेटको समय थप गरिनेछ । ३० मिनेटभित्र पनि खेलको छिनोफानो हुन नसकेको खण्डमा पेनाल्टीबाट खेलको टुंगो लाग्नेछ ।

जापानले उत्कृष्ट प्रदर्शन गर्दै पहिलोमा १–० गोलको अग्रता बनाएको थियो । तर क्रोएसियाले दोस्रो हाफमा गोल फर्काएपछि बराबरी भएको हो । डइजेन मइडाले ४३औँ मिनेटमा गोल गर्दै क्रोएसियाविरुद्ध जापानलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न सकेनन् ।

प्रकाशित मिति:सोमबार, मंसिर १९, २०७९  २२:३९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा