पहिलो हाफसम्म क्रोएसियाविरुद्ध जापान १–० गोलले अघि
पहिलो हाफसम्म क्रोएसियाविरुद्ध जापान १–० गोलले अघि

जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध जापानले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ ।

कतारको अल जानौब रंगशालामा जारी खेलमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफसम्म अग्रता बनाएको हो । जापानको अग्रतामा डइजेन मइडाले गोल गरे । उनले खेलको ४३औँ मिनेटमा गोल गर्दै क्रोएसियाविरुद्ध जापानलाई १–० गोलको अग्रता दिलाएका छन् ।

जापानले तहल्का नै मचाउँदै एकपछि अर्को सनसनीपूर्ण जित निकाल्दै प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको जापानले अहिलेसम्म प्रिक्वार्टरफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन । क्रोएसियालाई पराजित गर्दै जापान पहिलो पटक अन्तिम आठमा पुग्ने लक्ष्यमा छ ।

प्रकाशित मिति:सोमबार, मंसिर १९, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा