रहिम स्टर्लिङ किन विश्वकप छाडेर घर फर्किए ?
रहिम स्टर्लिङ किन विश्वकप छाडेर घर फर्किए ?

विश्वकप फुटबलमा आइतबार राति इंग्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दै थियो । तर टिमका मुख्य खेलाडी रहिम स्टर्लिङ भने कतार छाडेर घर जान हतारमा थिए ।

रहिम स्टर्लिङ विनै सेनेगललाई इंग्ल्यान्डले ३–० को जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो । त्यहि दिन स्टर्लिङ भने लण्डनमा रहेको आफ्नो घरमा पुगे । कारण थियो, उनको घरमा चोरी ।

शनिबार साँझ रहिम स्टर्लिङको घरमा चोरी भएको थियो । घरमा कोही नभएको बेला चोरी भएको पुलिसले बताएको छ । अनुसन्धानमा खटिएका पुलिसका अनुसार गरगहना र घडी चोरेको तर धम्किपूर्ण तथा हिंसात्मक गतिविधि भने भएको छैन ।

इंग्ल्यान्ड राष्ट्रिय टिमका म्यानेजर ग्यारेथ साउथगेटले रहिमको बारेमा बोल्दै भने ‘कहिले काही फुटबल सबैभन्दा महत्वपूर्ण हुदैन । त्यो भन्दामाथि परिवार आउछ ।’

अब सेमिफाइनल प्रवेशको लागि इंग्ल्यान्डले डिसेम्बर १० मा फ्रान्ससँग खेल्दैछ । यो खेलको लागि रहिम टिमसँग उपस्थित हुने या नहुने अहिले नै टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति:सोमबार, मंसिर १९, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा