उत्साहित दक्षिण कोरियाः उपाधि दाबेदार ब्राजिल
उत्साहित दक्षिण कोरियाः उपाधि दाबेदार ब्राजिल

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ । पाँचपटकको विश्वकप विजेता ब्राजिलविरुद्ध राम्रो नतिजा ल्याउने लक्ष्यमा दक्षिण कोरिया रहेको छ ।

कतारको स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति १२ः४५ बजे ब्राजिल र दक्षिण कोरियाबीचको खेल सुरू हुनेछ । ब्राजिल विश्वकपकै उपाधि दाबेदार राष्ट्र हो । समूह ‘जी’ को विजेता बनेको ब्राजिलले तीन खेलबाट ६ अंक बनायो । 

समूह चरणको पहिलो खेलमा सर्बियालाई २–० गोलले पराजित गरेको ब्राजिलले दोस्रो खेलमा स्वीट्जरल्यान्डलाई १–० गोलले हराएको थियो । तर, समूह चरणको आफ्नो अन्तिम खेलमा भने विश्वकपबाट बाहिरिएको क्यामरुनसँग १–० गोलले स्तब्ध बन्यो ।

यता, समूह ‘एच’ को उपविजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुगेको दक्षिण कोरियाले तीन खेलबाट चार अंक बनायो । पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको दक्षिण कोरियाले दोस्रो खेलमा घानासँग ३–१ को हार ब्यहोरेको थियो । तर, अन्तिम खेलमा पोर्चुगललाई २–१ गोलले पराजित गर्दै दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएको हो ।

प्रकाशित मिति:सोमबार, मंसिर १९, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा