सेनेगलविरुद्ध इंग्ल्यान्डलाई २–० को अग्रता
सेनेगलविरुद्ध इंग्ल्यान्डलाई २–० को अग्रता

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलमा पहिलो हाफसम्म इंग्ल्यान्डले सेनेगलविरुद्ध २–० गोलको अग्रता बनाएको छ ।

कतारको अल बेत रंगशालामा इंग्ल्यान्डले गोल गर्दै पहिलो हाफसम्म सेनेगलविरुद्ध दोब्बर गोलको अग्रता बनाएको हो । इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन र कप्तान ह्यारी केनले गोल गरेका छन् ।

खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका छन् ।

समूह ‘बी’ को विजेता बनेको इंग्ल्यान्ड सेनेगललाई पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ । यता, समूह ‘ए’ को उपविजेता बनेको सेनेगल पनि इंग्ल्यान्डलाई पराजित गर्ने लक्ष्यमा छ ।
 

प्रकाशित मिति:सोमबार, मंसिर १९, २०७९  ०१:३२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा