पोल्यान्डविरुद्ध फ्रान्स २–० ले अघि
पोल्यान्डविरुद्ध फ्रान्स २–० ले अघि

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलको जारी खेलमा  फ्रान्सले पोल्यान्डविरुद्ध दोब्बर अग्रता बनाएको छ ।

कतारको अल थुमामा रंगशालामा विश्वविजेता राष्ट्र फ्रान्सले पोल्यान्डविरुद्ध २–० गोलको अग्रता बनाएको हो । फ्रान्सका लागि ओलिभियर जिरुड र केलियन एमबाप्पेले गोल गरेका छन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गरेको हो । जिरुडले खेलको ४४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० गोलको अग्रता दिलाएका छन् ।
 

प्रकाशित मिति:आइतबार, मंसिर १८, २०७९  २२:२२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा