पोल्यान्डविरुद्ध फ्रान्सलाई अग्रता, जिरुडले गरे गोल

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलको जारी खेलमा फ्रान्सले पोल्यान्डविरुद्ध पहिलो हपाmसम्म १–० गोलको अग्रता बनाएको छ ।
कतारको अल थुमामा रंगशालामा विश्वविजेता राष्ट्र फ्रान्सले पहिलो हाफसम्म पोल्यान्डविरुद्ध अग्रता बनाएको हो । फ्रान्सका लागि ओलिभियर जिरुडले गोल गरेका छन् । जिरुडले खेलको ४४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका छन् ।
लगातार दुई पटक विश्वकपको उपाधि जित्ने संकल्पमा फ्रान्स रहेको छ ।
प्रकाशित मिति:आइतबार, मंसिर १८, २०७९ २१:३५
प्रतिक्रिया दिनुहोस्
अंक तालिका