अस्ट्रेलियाविरुद्ध अर्जेन्टिना २–० गोलले अघि

कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियाविरुद्ध दोब्बर अग्रता बनाएको छ ।
कतारको अहमद विन अली रंगशाला जारी खेलमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको हो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरेका छन् ।
खेलको ३५औँ मिनेटमा गोल गर्दै कप्तान मेस्सीले अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कप्तान मेस्सीकै गोलमा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।
खेललको ५७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका छन् । अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।
अस्ट्रेलिया र अर्जेन्टिनाको विजेताले विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति:आइतबार, मंसिर १८, २०७९ ०२:०६
प्रतिक्रिया दिनुहोस्
अंक तालिका