कप्तान मेस्सीले गरे गोल, अर्जेन्टिना १–० ले अघि

कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियाविरुद्ध अग्रता बनाएको छ ।
कतारको अहमद विन अली रंगशाला जारी खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्दै अग्रता दिलाएका छन् । खेलको ३५औँ मिनेटमा गोल गर्दै कप्तान मेस्सीले अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका हुन् ।
अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।
प्रकाशित मिति:आइतबार, मंसिर १८, २०७९ ०१:२५
प्रतिक्रिया दिनुहोस्
अंक तालिका