नेदरल्यान्ड्स पहिलो हाफसम्म २–० ले अघि, अमेरिकाले गोल फर्काउला ?
नेदरल्यान्ड्स पहिलो हाफसम्म २–० ले अघि, अमेरिकाले गोल फर्काउला ?

कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको छ ।

कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा नेदरल्यान्ड्सले उत्कृष्ट खेल्दै पहिलो हाफमा नै दुई गोल गर्न सफल भएको छ । खेलको १०औँ मिनेटमा नै मेम्फिस डेपेयले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० गोलको अग्रता दिलाए । उनले डेनजिल डुम्फ्रिजको क्रस पासमा गोल गरेका हुन् ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डेले ब्लिन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० गोलको अग्रता दिलाएका छन् ।

प्रकाशित मिति:शनिबार, मंसिर १७, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा