नेदरल्यान्ड्सलाई अग्रता, अमेरिका १–० गोलले पछि

कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको सुरुआतमै नेदरल्यान्ड्सले अग्रता बनाएको हो । खेलको १०औँ मिनेटमा नै मेम्फिस डेपेयले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० गोलको अग्रता दिलाए । उनले डेनजिल डुम्फ्रिजको क्रस पासमा गोल गरेका हुन् ।
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता टिम हो । समूह ‘ए’ को विजेता बनेको नेदरल्यान्ड्सले तीन खेलबाट सात अंक बनाएको थियो । अमेरिका समूह ‘बी’ को उपविजेता टिम हो ।
प्रकाशित मिति:शनिबार, मंसिर १७, २०७९ २१:०२
प्रतिक्रिया दिनुहोस्
अंक तालिका