दक्षिण कोरियाले पोर्चुगलविरुद्ध गोल फर्कायो, अर्को खेलमा उरुग्वे २–० ले अघि
दक्षिण कोरियाले पोर्चुगलविरुद्ध गोल फर्कायो, अर्को खेलमा उरुग्वे २–० ले अघि

दक्षिण कोरियाले विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलविरुद्ध गोल फर्काएको छ ।

कतारको एजुकेशन सिटी रंगशालामा जारी खेलमा १–० गोलले पछि परेको दक्षिण कोरियाले गोल गर्दै १–१ को बराबरी बनाएको हो । 

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए । यो गोलसँगै दक्षिण कोरिया भने दबाबमा आएको थियो । तर उत्कृष्ट प्रदर्शन गर्दै किम योङ वोनले गो गर्दै दक्षिण कोरियालाई १–१ को बराबरी दिलाएका छन् ।

एक खेलअघि नै विश्वकपको नकआउट चरणमा पुगिसकेको पोर्चुगल दक्षिण कोरियालाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । यता, दक्षिण कोरिया पनि पोर्चुगललाई पराजित गर्दै समूह उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।

पोर्चुगलले आफ्नो पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा उरुग्वेलाई २–० गोलले पराजित गर्दै पोर्चुगलले अन्तिम प्रिक्वार्टरफाइनलमा यसअघि नै स्थान बनाइसकेको थियो ।

यसै समूहको अर्को खेलमा घानाविरुद्ध उरुग्वेले २–० गोलको अग्रता बनाएको छ ।

प्रकाशित मिति:शुक्रबार, मंसिर १६, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा