रिकार्डोको गोलमा दक्षिण कोरियाविरुद्ध पोर्चुगललाई अग्रता

पोर्चुगलले विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
कतारको एजुकेशन सिटी रंगशालामा जारी खेलमा पोर्चुगलका रिकार्डो होर्टाले गोल गर्दै १–० को अग्रता दिलाएका छन् । यो गोलसँगै दक्षिण कोरिया भने दबाबमा आएको छ । एक खेलअघि नै विश्वकपको नकआउट चरणमा पुगिसकेको पोर्चुगल दक्षिण कोरियालाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ ।
पोर्चुगलले आफ्नो पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा उरुग्वेलाई २–० गोलले पराजित गर्दै पोर्चुगलले अन्तिम प्रिक्वार्टरफाइनलमा यसअघि नै स्थान बनाइसकेको थियो ।
प्रकाशित मिति:शुक्रबार, मंसिर १६, २०७९ २०:५७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका