सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुनमध्ये दुई टिम बाहिरिदै
सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुनमध्ये दुई टिम बाहिरिदै

विश्वकप फुटबलको समूह ‘जी’ को अन्तिम दुई खेलमा ब्राजिलले क्यामरुनसँग खेल्दा स्वीट्जरल्यान्डले सर्वियासँग खेल्दैछ ।

एक खेलअघि नै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरिसकेको ब्राजिलले क्यामरुनसँग खेल्न लागेको हो । ब्राजिल र क्यामरुनबीचको खेल लुजेल रंगशालामा हुँदैछ । यता, सर्विया र स्वीट्जरल्यान्डले स्टेडियम ९७४ मा खेल्दैछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुँदैछ ।

ब्राजिल यसअघि नै प्रिक्वार्टफाइनलमा पुगिसकेको हुँदा क्यामरुनविरुद्ध जित्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । ब्राजिलले आफ्नो पहिलो खेलमा सर्वियालाई २–० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा स्वीट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै ब्राजिल विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो ।

सर्वियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । समूह ‘जी’ को शीर्ष स्थानमा रहेको ब्राजिलको ६ अंक छ । स्वीट्जरल्यान्ड तीन अंकसहित दोस्रो स्थानमा रहँदा क्यामरुन र सर्वियाको सामन १–१ अंक छ । सर्विया पनि स्वीट्जरल्यान्डलाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।

swit vs camroon11669961535.jpg

प्रकाशित मिति:शुक्रबार, मंसिर १६, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा