विश्वकप फुटबल १९९४ मा ३५ लाख बढी दर्शकले मैदानबाट हेरे खेल
विश्वकप फुटबल १९९४ मा ३५ लाख बढी दर्शकले मैदानबाट हेरे खेल

सन् १९३० देखि अहिलेसम्म भएका विश्वकपमध्ये सबैभन्दा बढी कुन विश्वकपमा दर्शकले रंगशाला गएर खेल हेरे होलान् ? धेरैमा कौतुहलता हुन सक्छ ।

सन् १९९४ मा अमेरिकामा भएको विश्वकप फुटबलमा ३५ लाख ८७ हजार ५३८ जना दर्शकले मैदानमा गएर खेल हेरेका थिए । यो नै विश्वकप फुटबल इतिहासमा सबैभन्दा बढी दर्शक मैदानमा गएर हेरेको तथ्य हो । २०१८ रसियामा भएको विश्वकपमा ३० लाख ३१ हजार ७६८ जनाले विश्वकप फुटबल मैदानमा गएर हेरेका थिए । अमेरिकामा भएको विश्वकपमा जम्मा ५२ खेल मात्र थियो भने रसिया विश्वकपमा ६४ खेल थियो । तर २४ वर्षपछि पनि अमेरिकाको विश्वकपमा भन्दा पाँच लाख थोरै दर्शकले रसियामा भएको विश्वकप हेरे ।

पहिलो विश्वकपमा पाँच लाख ९० हजार ५४९ जना दर्शकले रंगशालामा गएर खेल हेरेका थिए ।
 

प्रकाशित मिति:मंगलबार, कात्तिक २९, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा