नाब्रीको गोलमा कोस्टारिकाविरुद्ध जर्मनीको अग्रता
नाब्रीको गोलमा कोस्टारिकाविरुद्ध जर्मनीको अग्रता

जर्मनीले विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकाविरुद्ध अग्रता बनाएको छ । 

कतारको अल बेत रंगशालामा जारी खेलमा जर्मनीले खेलको १०औँ मिनेटमा गोल गरेको छ । जर्मनीका लागि सर्ज नाब्रीले गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका छन् । आजको खेलमा कोस्टारिकालाई पराजित गर्दै जर्मनी विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।

समूह ‘ई’ कै अर्को खेलमा स्पेनले जापानविरुद्ध १–० गोलको अग्रता बनाएको छ ।
 

प्रकाशित मिति:शुक्रबार, मंसिर १६, २०७९  ०१:००
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा