क्यानडाविरुद्ध मोरोक्कोको दुई गोल
क्यानडाविरुद्ध मोरोक्कोको दुई गोल

मोरोक्कोले विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा क्यानडाविरुद्ध दोब्बर गोलको अग्रता बनाएको छ ।

कतारको अल थुमामा रंगशालामा जारी खेलमा मोरोक्कोले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडाविरुद्ध २–० गोलको अग्रता बनाएको हो । मोरोक्कोका लागि खेलको चौथो मिनेटमा हाकिम जियचले गोल गर्दै १–० को अग्रता दिलाए । 

एक खेलअघि नै विश्वकपबाट बाहिरिसकेको क्यानडा खेलको सुरुमै गोल खाएपछि दबाबमा आएको थियो । खेलको २३औँ मिनेटमा युसेफ इन नेसिरीले गोल गरेपछि मोरोक्कोले २–० को अग्रता बनाएको छ ।

आफ्नो अन्तिम खेलमा क्यानडासँग बराबरी खेलपनि मोरोक्को विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । क्यानडालाई पराजित गरेको खण्डमा मोरोक्को स्वतः विश्वकपको नकआउटमा पुग्नेछ ।

प्रकाशित मिति:बिहीबार, मंसिर १५, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा