पोल्यान्डविरुद्ध अर्जेन्टिनाको गोल
पोल्यान्डविरुद्ध अर्जेन्टिनाको गोल

अर्जेन्टिनाले विश्वकप फुटबलको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा पोल्यान्डविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको हो ।

कतारको स्टेडियम ९७४ जारी खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । कप्तान लियोनल मेस्सीलाई डिबक्सभित्र पोल्यान्डका गोलकिपरले फोउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल पोल्यान्डका गोलकिपरले उत्कृष्ट बचाएका थिए । योसँगै अर्जेन्टिनाले १–० गोलको अग्रता बनाउनबाट चुकेको थियो ।

खेलको ४६औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका छन् ।

प्रकाशित मिति:बिहीबार, मंसिर १५, २०७९  ०२:००
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा