डेनमार्कविरुद्ध अस्ट्रेलियाको गोल, नकआउट चरणमा पुग्ने सम्भावना बलियो
डेनमार्कविरुद्ध अस्ट्रेलियाको गोल, नकआउट चरणमा पुग्ने सम्भावना बलियो

अस्ट्रेलियाले विश्वकप फुटबलको समूह ‘डी’ मा डेनमार्कविरुद्ध अग्रता बनाएको छ । यो अग्रतासँगै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने अस्ट्रेलियाको बलियो सम्भावना भएको छ ।

कतारको अल जानौब रंगशालामा खेलको दोस्रो हाफमा अस्ट्रेलियाले गोल गरेको हो । खेलको ६०औँ मिनेटमा माथेव लेकिईले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाएका छन् । 

यो खेलमा डेनमार्कलाई पराजित गरे अस्ट्रेलिया विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।
 

प्रकाशित मिति:बुधबार, मंसिर १४, २०७९  २२:१९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा